Radio Unity 92.2MHz

डडेल्धुराको एक गोठमा आगलागी

डडेल्धुराः डडेल्धुरामा आगलागी भएको छ। जिल्लाको परशुराम नगरपालिका–११ उत्तरखेडाका ६८ वर्षीय धौल सिहं भाटको १ तले गोठमा बिहीवार आगलागी भएको हो।

गोठ नजिक कुणो पकाउन बालेको आगोबाट अचानक गोठमा आगलागी हुँदा गोठमा रहेका १ वटा गोरु, १ वटा गाई जलेर मृत्यु भएको र १ वटा गोरु, १ वटा गाई घाइते भएको जनाइएको छ।

आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आईसकेको बताइएको छ। क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...