Radio Unity 92.2MHz

डडेल्धुरामा जेसिबी दुर्घटना, एकजनाको मृत्यु

डडेल्धुरा: डडेल्धुरामा जेसिबी दुर्घटनामा चालकको मृत्यु भएको छ। सोमबार दिउँसो जिल्ला आलिताल गाउँपालिका–८ कुर्जेनीमा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको आलिताल प्रहरी चौकीले जनाएको छ।

सुपप्र ०१ ००१ क १६८३ नम्बरको जेसिबी दुर्घटना हुँदा बझाङको बित्थडचिर गाउँपालिका–३ का २७ वर्षीय कमल बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। जेसिबी आलितालको गोदाम बजारबाट मेलगाजातर्फ जाँदै थियो। जेसिबी सडकबाट करिब ३० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुलेको छैन।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।