Radio Unity 92.2MHz

नवदुर्गा गाउँपालिकाको बजेट ४१ करोड ४६ लाख

डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिकाले ४१ करोड ४६ लाख ७७ हजारको बजेट ल्याएको छ। आइतबार गाउँपालिका उपाध्यक्ष निर्मला विष्टले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि उक्त बजेट गाउँसभामा प्रस्तुत गरेकी हुन्।

जसमध्ये चालुतर्फ ७ करोड ४० लाख ५० हजार, पुँजीगततर्फ ११ करोड ४७ लाख २७ हजार, समपूरक अनुदानतर्फ २ करोड ७५ लाख, विशेष अनुदानतर्फ २ करोठ ६० र शसर्त कार्यक्रमतर्फ २२ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ। पालिकाले दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमार्फत् उक्त बजेट प्रस्तुत गरेको हो।

शुक्रबार नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले प्रस्तुत गरेका थिए। अध्यक्ष अवस्थीका अनुसार गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको हो।

आगामी आर्थिक वर्षका लागि  नवदुर्गाले पनि बजेट घटाएर ल्याएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ४३ करोड ४६ लाख ६ हजारको बजेट ल्याएको थियो।

यो पनि पढ्नुहोस् : 

अजयमेरु गाउँपालिकाको बजेट ४५ करोड ३९ लाख

आलिताल गाउँपालिकाले ल्यायो ४३ करोड ३ लाखको बजेट

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।