Radio Unity 92.2MHz

परशुरामको एक गोठमा आगलागी, गाई र एकहल गोरु जले

डडेल्धुरा: डडेल्धुरामा गोठमा आगलागी हुँदा एक गाई र एकहल गोरु जलेर मरेका छन्।

परशुराम नगरपालिका–११ उत्तर्खेडाका धौलसिंह भाटको गाई गोठमा सोमबार दिउँसो २ बजेतिर अकस्मात जंगलबाट आगो आएर दूध दिने गाई र एकहल गोरु जलेर मरेका हुन्।

भाटका अनुसार आगलागीले गोठको पनि पूर्णरूपमा जलेको छ। आगलागीले एक अर्को गाई गम्भीर घाइते भएको छ। भाटले गाई गोठ निर्माण गर्न दिन स्थानीय सरकारलाई आग्रह गरेका छन्।

साथै रोपाइँको समयमा खेतीपाती लगाउने गोरु जलेर खराएपछि उनले तत्काल एकहल गोरु गरिद गर्नका लागि नगर सरकारसँग राहत उपलब्ध गराइदिन पनि अनुरोध गरेका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...