Radio Unity 92.2MHz

सरकारलाई काँग्रेस डडेल्धुराको ज्ञापनपत्र : यी ७ योजना कार्यान्वयन गर्न माग

डडेल्धुरा: नेपाली काँग्रेस डडेल्धुराले नेपाल सरकारलाई यस क्षेत्रका महत्त्वपूर्ण योजनाहरू कार्यान्वयन गर्न आग्रह गरेको छ।

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा काँग्रेसले परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापनपत्र बुझाएको हो।

मन्त्री साउदमार्फत् नेपाल सरकारलाई यस क्षेत्रमा तत्काल सम्बोधन गर्नुपर्ने महत्त्वपूर्ण योजनाहरूलाई कार्यान्वयनको चरण अगाडि बढाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको जिल्ला सभापति भीमबहादुर साउँदले जानकारी दिए।

उनका अनुसार डडेल्धुरा मेडिकल कलेज, पश्चिम सेती, भीमदत्त राजमार्गको पुनर्निर्माण (गोदावरीदेखि डडेल्धुरा), महाभारत र चुरे पर्वत संरक्षण, महाकालीको परशुराम धाममा पक्की पुल र महाकाली करिडोर र मदनभण्डारी लोकमार्ग निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाउन सरकारसँग माग गरिएको हो। मन्त्री साउद नेपाली कांग्रेस डडेल्धुराको जिल्ला सम्मेलनमा सहभागी हुन यहाँ आएका थिए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।