Radio Unity 92.2MHz

वाइसिएल र अखिल क्रान्तिकारीले भन्यो– वन कार्यालय डडेल्धुरामा अनियमितता भयो

तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन माग

डडेल्धुराः नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल नेपाल डडेल्धुरा र अखिल क्रान्तिकारीले डिभिजन वन कार्यालय डडेल्धुराले अनियमितता गरेको बनाएको छ।

आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वाइसिएल र अखिल क्रान्तिकारीले वन कार्यालय डडेल्धुराको कार्यशैली भ्रष्ट र व्यापक अनियमितता भएको जनाएको छ।

‘सेवाग्राही, नागरिक समाज, पत्रकार जगत तथा जनसमुदायबाट समेत प्राप्त गुनासोहरूको अध्ययन तथा अनुसन्धान कार्य जारीरहेकै क्रममा प्रत्यक्ष जनताको सरोकार राख्ने वन डडेल्धुराको भ्रष्टकार्यशैली र व्यापक अनियमितता भएको हाम्रो ठहर छ’, वाइसिएलका जिल्ला इन्चार्ज दिपकराज भट्ट र अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य लालबहादुर पाण्डेयद्वारा हस्ताक्षतिर विज्ञप्तिमा भनिएको छ, ‘डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल वन अधिकृत राम विचारी ठाकुर र केही फाँटवाला कर्मचारीहरूको मिलेमतोमा सेवा प्रवाहमा भ्रष्टकार्यशैली देखा परेको छ।’

दुवै संगठनले अनियमितता तथा भ्रष्टाचारको छानबिनका लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ। वन कार्यालयका विषयमा तत्काल छानबिन गर्नका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुरा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलाई अनुरोध समेत गरिएको छ।

तत्काल छानबिन प्रक्रिया अगाडि नबढेमा जनस्तरबाट संगठनले आवश्यक कदम चाल्न बाध्य हुने र उत्पन्न परिस्थितिको सम्बन्धित निकाय नै जवाफदेही हुनुपर्ने वाइसिएलका जिल्ला इन्चार्ज भट्टले चेतावनी दिए।

प्रेस विज्ञप्ति :

सम्बन्धित पाेष्टहरु
Loading...