Radio Unity 92.2MHz

अजयमेरुको वार्षिक समीक्षा : भौतिक प्रगति ९५ प्रतिशत, राजश्व लक्ष्यभन्दा बढी उठ्यो

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाले वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। आइतबार गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको हो।

गत आर्थिक वर्षको योजना तथा कार्यक्रमहरुको समीक्षा गरी चालु आर्थिक वर्षमा कसरी जनमत्री हुन सकिन्छ भने छलफल भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबहादुर सेटीले बताए।

गाउँपालिकाले गत आर्थिक वर्षमा ९५.५२ प्रतिशत भौतिक प्रगति र ९३.१९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले बताए। उनले गाउँपालिकाले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको पनि बताए। उनका अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाले ११०.०२ प्रतिशत राजश्व संकलन गरेको छ।

उनले यो प्रगति हासिल गर्न आ–आफनो स्थानमा सहयोग गर्नु हुने उपभोक्ता समितिका पदाधिकारी, सबै जनप्रर्तिनिधि, निर्माण व्यवसायी र कार्यालयको सबै टिमलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि रचनात्मक सुझावका अपेक्षा राखेको बताए। गाउँपलिकाले सोमबार सार्वजनिक सुनुवाई समेत आयोजना गर्दैछ।

सम्बन्धित पाेष्टहरु
Loading...