Radio Unity 92.2MHz

अध्यापन अनुमति पत्र सम्बन्धी विद्यार्थीलाई अभिमुखिकरण

डडेल्धुराः स्वतन्त्र विद्यार्थी युनियन, डडेल्धुरा बहुमुखी क्याम्पसले अध्यापन अनुमति पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ।

बिहीबार एक कार्यक्रमकाबीच स्ववियुले अभिमुखिकरण कार्यक्रम गरेको हो।

क्याम्समा अध्ययनरत विद्यार्थीलाई अध्यापन अनुमति पत्र सम्बन्धीे जानकारी दिन अभिमुखिकरण कार्यक्रम गरिएको स्ववियू सभापति दुर्गा भट्टले जानकारी दिए।

दुई दिन अर्थात भोलीसम्म हुने कार्यक्रममा क्याम्पसकै प्रध्यापकहरूले विद्यार्थीलाई अभिमुखिकरण गरिरहेका छन्।

उनकाअनुसार यस कार्यक्रमले निमावि तह शिक्षक अनुमति पत्रको तयारी गरिरहेका विद्यार्थीलाई टेवा पुग्ने छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।