Radio Unity 92.2MHz

डडेल्धुरामा किक बक्सिङ संघ गठन, अध्यक्षमा पन्त चयन

डडेल्धुरा: जिल्ला किक बक्सिङ संघ डडेल्धुराको अध्यक्षमा तारणी पन्त चयन भएका छन्। शनिबार जिल्ला सदरमुकाममा सम्पन्न एक भेलाले पन्तको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरिएको हो।

समितिको उपाध्यक्षमा भोजराज भट्ट, कोषाध्यक्षमा मीना खड्का, सचिवमा गौरव ऐर चयन र सह–सचिवमा विनोद भण्डारी चुनिएका छन्। यस्तै सदस्यहरूमा भक्तराज जोशी, महेश बोहरा, विजया खड्का र योगेश विष्ट चयन भएका छन्।

जिल्ला खेलकुद विकास समिति डडेल्धुराका अध्यक्ष डम्बरबहादुर थापाले नयाँ समितिका पदाधिकारी तथा सदस्यहरूलाई अविर लगाउँदै कार्यसफलताको शुभकामना दिए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।