Radio Unity 92.2MHz

अछाममा भीरबाट खसेर महिलाको मृत्यु

अछामः अछाममा घाँस काट्ने क्रममा भीरबाट खसेर एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा मंगलसेन नगरपालिका–१ जैधनकी अन्दाजी २४ वर्षीया निर्मला साउद थापा रहेकी छन्।

शनिबार बिहान घर नजिकै रहेको अम्लिसैन भीरबाट लडेर घटनास्थमै निधन भएको वडाध्यक्ष लोकराज नाथले जानकारी दिए। घाँस काट्न गएकी निर्मला भीरबाट करिब दुईसय मिटर तल खसेको बताइएको छ।

मृतक निर्मलाका तीन वर्षीय एक छोरा छन्। श्रीमान् भने अध्ययनको क्रममा जिल्ला बाहिर छन्। उनी मंगलसेन नगरपालिका–१ को वडामा मनोसामाजिक कार्यकर्ताको रूपमा कार्यरत थिइन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।