Radio Unity 92.2MHz

डडेल्धुराकी विमलाले बाटोमै जन्माइन् बच्चा

डडेल्धुराः डडेल्धुराकी एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छिन्।

जिल्लाको परशुराम नगरपालिका–८ अ‍ैडुङ्ग्राकी विमला नेगीले अस्पताल लैजादै गर्दा बाटोमै शिशुलाई जन्म दिएकी हुन्।

प्रसव पीडा सुरु भएपछि उनलाई स्टेचरमा बोकेर अस्पताल लगिन लागिएको थियो। तर, अस्पताल नपुग्दै उनले बाटोमै शिशुलाई जन्माएको स्थानीय कविता धमलाले बताइन्।

गत असारमा पनि परशुराम नगरपालिका–८ जमरानीकी मिना लुहारले बाटोमै शिशुलाई जन्म दिएकी थिइन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।