Radio Unity 92.2MHz

डडेल्धुरा अस्पतालमा अनियमितताका आशंका, अख्तियारले छानबिन गर्ने

डडेल्धुराः डडेल्धुरा अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ।

व्यापक अनियमितता भएको गुनासो आएपछि कञ्चनपुरमा रहेको आयोगको कार्यालयले आवश्यक छानबिन गर्न लागेका हो।

कञ्चनपुरमा रहेको आयोगको कार्यालयले आवश्यक छानबिनका लागि विभिन्न कागजात पठाउन अस्पताललाई ताकेका गरेको छ।
भदौ १५ गते अख्तियारले अस्पताललाई राय प्रतिक्रियासहित काजजात उपलब्ध गराउन आदेश दिएको पत्र सार्वजनिक भएको छ।

अख्तियारले अस्पताललाई अक्सिजन प्लान्ट खरिद भएका कागजात तथा सो सम्बन्धी प्रमाण, स्वास्थ्य शिविर सम्बन्धी कागजात, औषधि खरिद, कर्मचारी भर्ना प्रक्रिया, हाडजोर्नी अप्रेशन गर्ने टेबुल खरिद तथा जेनेरेटर खरिद सम्बन्धी कागजात मागेको छ।

ती सम्पूर्ण कागजात १५ दिनभित्र पठाउन अस्पताललाई ताकेता गरिएको हो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।