Radio Unity 92.2MHz

डडेल्धुरामा लागुऔषधसहित दुई युवक पक्राउ, हुइकिँदै थिए बाइकमा

डडेल्धुरा: डडेल्धुरामा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका–४ का २९ वर्षीय अशोक स्वार र अछामकै चौरपाटी गाउँपालिका–४ बस्ने ३२ वर्षीय गणेश धामी रहेका छन्।

आइतबार बिहान पौने ८ बजेतिर उनीहरूलाई डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार उनीहरूको साथबाट खैरो हेरोइन बरामद गरिएको छ। धनगढीबाट अछामतर्फ जाँदै गरेको सु.प.प्र. ०३ ००१ प ००८४ नम्बरको मोटरसाइकलमा सवार स्वार र धामीलाई चेकजाँच गर्दा खैरो हेरोइन फेला परेको डीएसपी भट्टले बताए।

‘दुवै जनाबाट लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थ तौल गर्दा प्लाष्टिकसहित ०.८३० ग्राम र प्लाष्टिकरहित ०.३२० ग्राम बरामद गरेका छौँ’, उनले भने, ‘मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।’

सम्बन्धित पाेष्टहरु
Loading...