नेविसंघ केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा डडेल्धुराबाट ८ जना मनोनीत
डडेल्धुराः नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनीत गरेको छ। सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा ७१० जना सदस्य मनोनीत गरेका हुन्।
देउवाले ७७ जिल्लाको प्रतिनिधित्व हुने गरी मनोनयन गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गरी सभापति देउवाले कार्यसमिति सदस्यहरुको मनोनय गरेको जनाएको छ।
नेविसंघ केन्द्रीय तदर्थ कार्यसमितिमा डडेल्धुराबाट ८ सदस्य मनोनीत भएका छन्। डडेल्धुराबाट जगत ऐर, राजेन्द्र साउद, विजय फुलारा, पदम ठकुराठी, राजन भण्डारी, मनिष ऐरी, भुवन भट्ट र निरज जोरा मनोनीत भएका हुन्।