Radio Unity 92.2MHz

निर्धन उत्थान लघुवित्त अमरगढी शाखाद्वारा बीमा वाफतको रकम भुक्तानी

डडेल्धुराः निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय अमरगढी डडेल्धुराले ग्रामीण कर्जा बीमा वाफतको रकम भुक्तानी गरेको छ।

शाखाले अमरगढी–३ गुजरलेकमा संचालित गुजरलेक महिला समूह सदस्य स्वर्गीय कौशिल्लादेवी पल्लेका श्रीमान् रामी पल्लेलाई भुक्तानी गरेको हो।

बुधबार अमरगढी–३ को वडा कार्यालयमा एक कार्यक्रमकाबीच सोही वडाका वडाध्यक्ष तीर्थबहादुर ऐरको हातबाट मृतक सदस्यकका श्रीमान् रामीलाई ग्रामिण कर्जा बीमा वाफतको रकम छ लाख ५० हजार भुक्तानी गरेको अमरगढी शाखाका शाखा प्रबन्धक धु्रवराज जोशीले जानकारी दिए।

कार्यक्रममा वडाध्यक्ष ऐरले निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गाँउघरका विपन्न महिलादिदीबहिनीहरूलाई बिनाधितो सामूहिक जमानीमा उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी गर्नुका साथै लघुबीमा पनि गर्ने गरेकोले समाजमा महिला दिदीबहिनी उद्यमशिल हुने र उनीहरू आर्थिक रूपमा सबल हुने गरेको बताए। उनले आगामी दिनमा संस्थाको कार्यक्षेत्र विस्तारको लागि आफूले अहम् भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरे।

संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई आयस्तर वृद्धिका लागि लघुउद्यमशिलता सीप विकास (बाख्रापालन, कुखुरापालन, तरकारी खेती, पशुपालन) तालिम तथा वित्तीय साक्षरता तालिम प्रदान र्गै आइरहेको छ।

साथै गैर आर्थिक कारोबार सामाजिक उत्तरदायित्वअन्तर्गत दिने सेवाहरुमा शिक्षा क्षेत्रमा संस्थामा आबद्ध रहेका सदस्यहरुका गरिब तथा जेहेन्दार छोराछोरीलाई हरेक वर्ष २ जनालाई छात्रवृत्ति प्रदान, घातक रोग लागेका सदस्य तथा एकाघरका परिवारका सदस्यहरूलाई राहत स्वरुप सहयोग, सदस्यहरुलाई सुत्केरी पोषण खर्च, सदस्यहरुलाई दैविक प्रकोप कार्यमा राहत वितरण, संस्थाका प्रमुख कार्यकारी अधिकृतको उद्यमशिलता संदेश, सदस्य तथा सदस्यका पतिको लघु बीमासम्बन्धी राहत वितरण गर्दै आइरहेको छ।

संस्थामा ग्रामीण क्षेत्रका महिलालाई समूहमा आवद्ध गराई लघु कर्जा, लघु बचत, लघु बीमा र रेमिटान्स सेवा दिइरहेको शाखा प्रबन्धक जोशीले बताए। निर्धन उत्थान लघुवित्तले विगत ३० वर्षदेखि देशभरका ७७ वटै जिल्लामा १८५ शाखा कार्यालय, १० क्षेत्रीय कार्यालय र काठमाडौंमा केन्द्रीय कार्यालय रही सेवा दिइरहेको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।