डडेल्धुराः डडेल्धुराका २८ विद्यार्थीलाई छात्रवृत्ति दिने सम्झौता भएको छ। नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय सदस्य इन्जिनियर भुवन भट्टको पहलमा उक्त सम्झौता भएको हो।
डडेल्धुराका ७ वटा स्थानीय तहबाट एसइईमा उत्कृष्टलाई छात्रवृत्ति दिने सम्झौता भएको भट्टले जानकारी दिए। उनका अनुसार उत्कृष्ट नतिजा ल्याउने गरिव, जेहन्दार २८ जना विद्यार्थीलाई छात्रवृत्ति दिने सम्झौता लुम्बिनी एकेडेमिक फाउन्डेसनसँग नेविसंघ डडेल्धुराले गरिएको हो।
सम्झौताअनुसार पूर्ण छात्रवृत्ति प्रत्येक ७ वटा स्थानीय तहबाट १/१ जना गरी ७ जना र आंशिक छात्रवृत्ति प्रत्येक स्थानीय तहबाट ३/३ जना गरी २१ जनाले पाउनेछन्।
आशिंकमा कुल शुल्कमा ७५ प्रतिशत छुट हुने सम्झौतामा उल्लेख छ। भट्टले केन्द्रीय सदस्यको जिम्मेवारी पश्चात् पहिलो सामाजिक कार्यको सुरुवात गरेको बताए।