Radio Unity 92.2MHz

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते हुने

काठमाडौंः  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड (एनजी) ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन  गर्ने भएको छ। बोर्डका सदस्य सचिव दुर्गा अर्यालका अनुसार दुई विषयसम्म नन ग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्ध परीक्षामा सहभागी हुन पाउनेछन्।  एक  विषयमा  मात्र  एनजी  आउनेको  संख्या  भने  ७९ हजार   ५८४ जना  रहेका   छन् ।

कक्षा १२ को  परीक्षामा  सबैभन्दा  धेरै  अंग्रेजीमा  ननग्रेड  भएका  छन्।  यो  विषयमा  १ लाख  ९ हजार ५२७ जनाको ननग्रेड भएका छन्। कक्षा १२ मा सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उतीर्ण  हुने व्यवस्था गरिएको छ । नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सरुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ।

त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न  र पुन परीक्षण  गराउन पनि सक्ने सदस्य सचिव अर्यालले जानकारी दिएका छन।   पुन परीक्षण  गराउँदा पहिले परीक्षण  गरेका  भन्दा  नयाँ ३  जना परीक्षकबाट  जाँच गराउने  र तीन  जनाले दिएको नम्बरको   औसत   निकाल्ने गरिन्छ।  यसरी आएको प्राप्तांक पहिलेको भन्दा  १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अंक कायम हुनेछ ।  १० प्रतिशत भन्दा बढी कम वा बढी भएमा नयाँ अंक कायम हुने जनाएको छ।  राष्ट्रिय परिक्षा बोर्डले मंगलबार पत्रकार सम्मलेन गरी कक्षा १२ को नतिजा सार्वजनिक  गरेको थियो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।