Radio Unity 92.2MHz

डडेल्धुरामा एक बालिका मृत फेला

डडेल्धुराः डडेल्धुरामा एक बालिका मृत फेला परेकी छिन्। जिल्लाको परशुराम नगरपालिका–१२ आमपानीकी १४ वर्षीया अमृता राउटे बुधबार बिहान मृत फेला परेकी हुन्।

उनी मंगलबार दिउँसो घरबाट माछा मार्न भनि खोलातिर गएकी थिइन्। माछा मार्न गएकी अमृता अबेरसम्म घर नआएपछि खोजी गरिएको थियो।

खोजी गर्ने क्रममा उनको शव रंगुन नदीको किनाराको तटबन्धमा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगादत्त बडूले जानकारी दिए।

उनका अनुसार बालिकाको कपडा भिजेको र मुखबाट फिज आएको अवस्थामा शव फेला परेको छ। स्थानीयले अमृताको हत्या भएको आशंका गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।