डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–१२ आमपानीकी अमृता राउटेको हत्या आशंकामा एकजना पक्राउ परेका छन्।
१४ वर्षीया अमृता बुधबार बिहान रंगुन नदीको किनाराको तटबन्धमा मृत फेला परेकी थिइन्। मंगलबार दिउँसो अन्य साथीहरूसँग माछा मार्न भनि खोलामा गएकी अमृता अबेरसम्म घर नआएपछि खोजी कार्य गरिएको थियो।
उनीसँगै माछा मार्न गएका अन्य समयमै घर आएका थिए। प्रहरीले मृतक अमृतासँगै खोलामा अन्तिम समयसम्म सम्पर्कमा रहेका एक बालकलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रण गरिएका व्यक्ति पनि नाबालक भएकाले उनको परिचय गोप्य राखिएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले बताए। उनका अनुसार पक्राउ पर्नेमा बालक पनि राउटे समुदायकै हुन्। प्रहरीले शव पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइसकेको छ।