Radio Unity 92.2MHz

आलिताल–७ का स्थानीय आफैंले गरे सडक बाटो सफाइ

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–७ का स्थानीय आफैंले सडक बाटो सफाइ गरेका छन्। केहीदिन अघिको भारी वर्षाले अवरुद्ध भएको मेलगाँजा–झरकाँडा सडक बाटो स्थानीयहरूले सफाइ गरेका हुन्।

सडक अवरुद्ध हुँदा विद्यार्थी हिँडडुल तथा बिरामीलाई समेत अस्पताल लैजान समस्या भएकोले बुधबार दिउँसो बाटो सरसफाई गरिएको गौरी शंकर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवबहादुर साउँदले जानकारी दिए।

उनका अनुसार मेलगाँजाबासी, गौरी शंकर माविका शिक्षक, बाल क्लब, जुरेस टिम, विद्यालय व्यवस्थानपन समिति र अभिभावकको उपस्थितिमा मेलगाँजा विद्यालयदेखि भाडी जाने बाटोसम्म सफाइ गरिएको हो।

‘वर्षाले बिगारेको सडकका खाल्डाखुल्डी पुरेका छौँ। सडकमा रहेका ढुंगाहरू हटाएका छौँ’, उनले भने, ‘अब विद्यार्थीलाई विद्यालय आउन सहज हुने देखिन्छ।’ अब शुक्रबार अतिरिक्त क्रियाकलमा समेट्ने गरी बाँकी बाटो सफाइको काम गरिने अध्यक्ष साउँदले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...