डडेल्धुराः डडेल्धुरामा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–५ तुफानडाँडा बस्ने ४६ वर्षीया जानकीदेवी महर रहेकी छन्।
बुधबार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्।
घाइते बनेकी महरलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएकोमा त्यहाँबाट रेफर गरी धनगढी लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।