Radio Unity 92.2MHz

एक्सरे सेवा सुरु गर्ने तयारीमा अजयमेरु गाउँपालिका

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाले एक्सरे सेवा सुरु गर्ने भएको छ। गाउँपालिकाको केन्द्र भद्रपुरमा रहेको भद्रपुर आधारभूत अस्पतालमा एक्सरे मेसिन जडान गर्न थालिएको अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले बताए।

उनले भने, ‘समान्य हार्डजोर्नीमा समस्या भएकाहरुले अब डडेल्धुरा, धनगढी जानु पर्दैन हामीले एक्सरे मेसिन खरिद गरेर सञ्चालनको अन्तिम तयारीमा छौँ।’

भद्रपुर आधारभूत अस्पतालमा लामो समयदेखि एमबीबीएस डा. महमहद अहमद साकिर राइनले सेवा दिएरहेका छन्। डा. राइनले नै अब हाडजोर्नी लगायतका एक्सरे आवश्यक हुने बिरामीलाई सेवा दिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गणेश पालले बताए।

उनले भने, ‘एक्सरे सेवा सुरु गर्ने अन्तिम तयारीमा छौँ, समान्य हात, खुट्टा लगायतका हडीमा चोडपटक लागेकामा वा प्लाष्टर गर्न जिल्ला जानु पर्दैन यहाँ नै सेवा दिइनेछ।’

अजयमेरु गाउँपालिकाले प्रत्येक ४५ मिनेटमा स्वास्थ्य संस्थामा पहुँच पुग्ने गरी स्वास्थ्य संस्थाहरु थप गरिसकेको अध्यक्ष भट्टले बताए। सामान्य चोटपटक लागेका डडेल्धुरा तथा धनगढी जानुपर्ने बाध्यता अब हट्ने भएको छ।

अजयमेरु गाउँपालिकाले छ वटा स्वास्थ्य संस्थाबाट भिडिओ एक्सरे र इसिजी सेवा प्रवाह गरिरहेको छ। गाउँपालिकाले ‘अध्यक्षको चाहना, स्वस्थ र निरोगी जनता’ कार्यक्रमअन्तर्गत प्रत्येक महिना प्रत्येक टोलमा जनप्रतिनिधिसहित स्वास्थ्यकर्मी सेवा सुरु गरिसकेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...