Radio Unity 92.2MHz

डडेल्धुराका जोशी बने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्ष

डडेल्धुराः सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशी चयन भएका छन्। शनिबार धनगढीमा भएको सुदूरपश्चिम प्रादेशिक संघको दोस्रो साधारणसभाबाट अध्यक्षमा जोशी निर्विरोध निर्वाचित भएका हुन्।

अध्यक्षसहित १३ सदस्य समिति नै निर्विरोध रूपमा चयन भएको छ। संघको उपाध्यक्ष पदमा रमेशबहादुर बोहोरा, सचिवमा लक्ष्मणदत्त भट्ट र कोषाध्यक्षमा दिनेशबहादुर सिंह निर्विरोध चुनिएका छन्।

संघको सदस्यमा हरि रेग्मी, शेरसिंह खत्री, तेज कार्की, अनिल कुँवर, माया रावत साँउद, रमेशबहादुर चन्द, जोगबहादुर दौल्याल, बाबुराजा श्रेष्ठ र आषिशकुमार खत्री चयन भएका छन्।

जोशी डडेल्धुरा क्रिक्रेट संघका सदस्य तथा नेपाली क्रिकेट टोलीको छनोट समितिका समेत सदस्य हुन्। साधारण सभामा सुदूरपश्चिम प्रदेशका ८ जिल्लाका क्रिकेट संघका प्रतिनिधि सहभागी थिए।

सम्बन्धित पाेष्टहरु
Loading...