डडेल्धुराको कीर्तिपुरमा संस्कृति संरक्षण गर्न र लागुऔषधविरुद्ध डेउडा खेलिने
डडेल्धुरा: गौरा पर्वको अवसरमा डडेल्धुरामा संस्कृति संरक्षण गर्न र लागुऔषधविरुद्ध डेउडा खेलिने भएको छ। ॐ कार सनातन हिन्दु प्रतिष्ठान डडेल्धुरा र अमरगढी नगरपालिका–८ को संयुक्त आयोजनामा डेउडा कार्यक्रम हुने भएको हो।
‘गौ माता बचाउ अभियान, लोक संस्कृति कला संरक्षण गरौँ, लागुऔषध तथा दुव्र्यसनी हटाऔं सभ्य समाज निर्माण गरौँ’ भन्ने मूल नाराका भोलि (मंगलबार) डेउडा कार्यक्रम आयोजना सनातन हिन्दु प्रतिष्ठान डडेल्धुराका अध्यक्ष तिलकबहादुर हमालले बताए।
उनले डेउडासँगै फाग, चैत, धुमारीलगायत कार्यक्रम पनि हुने जानकारी दिए। अध्यक्ष हमालका स्थानीय कला संस्कृतिको सम्मान तथा युवापिँढीमा हस्तान्तरण होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम बिहान ११ बजेदेखि अमरगढी नगरपालिका–८ उग्रतारा ड्राइभिङ सेन्टरको ट्राइल सेन्टरको फिल्ड कीर्तिपुरमा हुने आयोजकले जनाएको छ। अध्यक्ष हमालले सबैलाई कार्यक्रममा सहभागी भइदिन आग्रह गरे।