Radio Unity 92.2MHz

महेन्द्र माविद्वारा प्रअ साउँदको उपचारमा ५० हजार बढी सहयोग

डडेल्धुरा: जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र माध्यामिक विद्यालयले प्रधानाध्यापक शेरबहादुर साउँदको उपचारमा आर्थिक सहयोग गरेको छ।

अमरगढी नगरपालिका–८ टाँटरस्थित भागेश्वर माविका प्रअ साउँदको उपचारमा महेन्द्र माविले आर्थिक गरेको हो। महेन्द्र माविका शिक्षक तथा कर्मचारीहरूले साउँदको उपचारमा ५० हजार ८ सय ५ रुपैयाँ सहयोग गरेको विद्यालयले जनाएको छ।

साउँद काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आईसीयुमा उपचाररत छन्। उनको सफलताका साथ पहिलो शल्यक्रिया सम्पन्न भइसकेको छ।

उच्च रक्तचापका कारण साउन २९ गते बिहान प्रअ साउँद बिरामी परेका थिए। लगत्तै उनलाई जिल्ला सदरमुकामको डडेल्धुरा अस्पताल लगिएको थियो। यहाँ उपचार सम्भव नभएपछि साउँदलाई सोही दिन काठमाडौं लगिएको थियो।

पारिवारिक स्रोतका अनुसार प्रअ साउँदलाई अझै केही महिना अस्पतालमै भर्ना गराई उपचार गराउनुपर्ने भएकाले आर्थिक समस्या आइलागेको हो। उपचारमा लाखौं खर्च लाग्ने भएकाले सहयोग गरिदिन उनकी श्रीमती लक्ष्मीकुमारी ऐरले सबैलाई आग्रह गरेकी छन्।

सहयोग गर्न निम्न खातामा रकम जम्मा गर्न सकिनेछ

Account Name : Laxmi Kumari Ayer (Global IME Bank Dadeldhura Branch)

Account No : 1908010001514

Contact No : 9848805212 , 9848733414 & 9868554770

सम्बन्धित पाेष्टहरु
Loading...