Radio Unity 92.2MHz

बैतडीमा सर्पले टोकेको बिरामीको झारफुक गर्दागर्दै मृत्यु

बैतडीः बैतडीमा सर्पले टोकेका बिरामीलाई अस्पताल नलगी झारफुक गराउँदा मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो।

मंगलबार राति साढे सात बजेको समयमा भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको थियो ।  सर्पले टोकेर घाइते भएकी घटाललाई अस्पताल लैजानुको साटो झारफुक गर्न वैद्यलाई बोलाइएको थियो ।

झारफुक गराउँदा गराउँदै उनी अचेत भएकी थिइन्। र, उनको राती एक बजे मृत्यु भएको पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए।

 

 

 

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।