डडेल्धुरा : डडेल्धुरामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण बाट १ हजार १ सय ९८ पशु चौपायाको मृत्यु भएको छ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेल्धुराले दिएको तथ्याङ्क अनुसार हालसम्म १ सय ९२ बाच्छा–बाच्छी, ५ सय ७३ गाई, ३ सय ५ गोरु, २१ भैँसीको मृत्यु भइसकेको छ।
यो रोगबाट ३२ हजार ९ सय ६५ सङ्क्रमित रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेल्धुराका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए।
थापाका अनुसार ४ हजार ३ सय ८२ बाच्छा–बाच्छी, १६ हजार ४ सय ७६ गाई, १० हजार ४ सय ४० गोरु, ३ हजार ६ सय ६७ भैँसीमा सङ्क्रमण देखिएको छ।
सात वटा स्थानीय तह रहेको डडेल्धुरामा कुल १ लाख ४ हजार ७ सय २६ पशुको संख्या रहेको छ।
उनी भन्छन्, ‘प्रदेश सरकारबाट १० लाख रुपैयाँ आउने जानकारी भएको छ। भ्याक्सिन लगाउनु बाहेक अन्य बिकल्प छैन्। त्यसपछि भ्याक्सिन लगाउन सुरु गछौं।
कुन स्थानीय तहमा कति पशुको मृत्यु र कति संक्रमित ?
अमरगढी नगरपालिका : यो नगरपालिकामा गत वर्ष मंसिर १० गते ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखा परेको थियो।
हालसम्म १ सय ७६ पशुको मृत्यु भएको छ भने ८ हजार एक सय पशु संक्रमित रहेका छन्। जसमा १४ हजार पशु जोखिममा रहेका छन्।
परशुराम नगरपालिका : यो नगरपालिकामा गत वर्ष असार ३ गते ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखा परेको थियो।
हालसम्म २ सय ३ पशुको मृत्यु भएको छ भने १२ हजार ५ सय पशु संक्रमित रहेका छन्। जसमा २० हजार पशु जोखिममा रहेका छन्।
आलिताल गाउँपालिका : यो गाउँपालिकामा हालसम्म १ सय ९९ पशुको मृत्यु भएको छ भने ४ हजार १सय २२ पशु संक्रमित रहेका छन्।
जसमा १६ हजार ३ सय ७ पशु जोखिममा रहेका छन्।
गन्यापधुरा गाउँपालिका : यो गाउँपालिकामा हालसम्म २ सय १८ पशुको मृत्यु भएको छ भने १३ हजार ८ सय ९४ पशु संक्रमित रहेका छन्।
जसमा ९ हजार ८ सय ६७ पशु जोखिममा रहेका छन्।
भागेश्वर गाउँपालिका : यो गाउँपालिकामा गत वर्ष साउन ९ गते ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखा परेको थियो।
हालसम्म १ सय ८२ पशुको मृत्यु भएको छ भने १ हजार ८ सय ४४ पशु संक्रमित रहेका छन्। जसमा ४ हजार ६ सय पशु जोखिममा रहेका छन्।
अजयमेरु गाउँपालिका : यो गाउँपालिकामा हालसम्म ९४ पशुको मृत्यु भएको छ भने ७ सय ४० पशु संक्रमित रहेका छन्।
जसमा ११ हजार ८ सय २३ पशु जोखिममा रहेका छन्।
नवदुर्गा गाउँपालिका : यो गाउँपालिकामा हालसम्म १ सय २६ पशुको मृत्यु भएको छ भने २ सय ५७ पशु संक्रमित रहेका छन्।
जसमा ११ हजार पशु जोखिममा रहेका छन्।