Radio Unity 92.2MHz

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

डडेल्धुराः डडेल्धुराको आलिताल गाँउपालिका–८ स्यालचौडीमा मोटरसाईकल दुर्घटना भएको छ। शुक्रबार साँझ सुपप्र ००४–००१०–७३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि परशुराम नगरपालिका–५ का बिरेन्द्र घर्तिमगर र सोही ठाँउका तारा धामी घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरिक्षक गगन सिंह भाटले बताएका छन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।