Radio Unity 92.2MHz

डडेल्धुराका डिएसपी भट्टको सरुवा

डडेल्धुरा: नेपाल प्रहरी प्रधान कार्यालयले एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले सरुवाको निर्णयसहित नामावली प्रकाशन गरेको हो।

जसमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टको पनि नाम छ। उनको जिल्ला प्रहरी कार्यालय रुपन्देही सरुवा भएको हो।

उनको स्थानमा दीपककुमार कार्की डडेल्धुरा आउने भएका छन्। नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्साल काठमाडौंबाट कार्कीको डडेल्धुरा सरुवा भएको हो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।