काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरपालिकाको गाडी रोकिएको भन्दै केन्द्र सरकारप्रति आक्रोश पोखेका छन्। शनिवार राती सामाजिक सञ्जालमा लेख्दै मेयर साहले अबका दिनमा महानगरपालिकाका गाडी रोकिए सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन।
सरकालाई ‘चोर’ को संज्ञा दिँदैे उनले आजबाट पनि महानगरपालिकाका गाडी रोकिए सिंहदरबारमा आगो लाईदिने भन्दै सरकारलाई याद राख्न भनेका छन्। मेयर साहले महागरका गाडीलाई कहिले कहाँ अवरोध भयो भन्ने चाहीँ खुलाएका छैनन्।
मेयर साहको उक्त स्टाटसप्रति भने सामाजिक सञ्जालमा तीब्र प्रतिक्रिया देखिएको छ।नौ घण्टाको अवधिमा झण्डै तीन लाख जनाको लाइक र ९० हजार प्रतिक्रिया मेयर साहको स्टाटसमा देखिएका छन्। ती मध्ये अधिकांश प्रतिक्रिया मेयर साहको समर्थनमा रहेका छन्।