Radio Unity 92.2MHz

भदौ ७ गते गौरा नमनाएका ठाउँमा आजदेखि गौरापर्व शुरु

डडेल्धुराः भदौ ७ गते गौरा नमनाएका ठाउँमा सुदूरपश्चिमेलिहरुको मुख्य पर्व गौरा सुरु भएको छ। पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ।

त्यस बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झाना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ। यो बर्ष ज्योतिषहरुबीच विवादका कारण दुई गौरा भएका छन । केही ठाउँमा भदौ ७ गते गौरा मनाइसकिएको छ भने केही ठाउँमा आजदेखि गौरापर्व शुरु भएको छ। गौरापर्व भाद्र शुक्ल अथवा कृष्ण पक्षमा पर्ने भन्दै आजदेखि गौरा शुरु भएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए।

गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन्। गौरा पर्वको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाएका छन्। ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको सुर्नया ६ का हरिना अवस्थीले बताइन्।

सम्बन्धित पाेष्टहरु
Loading...