Radio Unity 92.2MHz

कञ्चनपुरको शुक्लाफाँटाले भारतविरूद्ध शतक हान्ने खेलाडीलाई एक लाख दिने

डडेल्धुराः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरूद्धको खेलमा शतक हान्ने नेपाली खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।

नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै भारतविरूद्धको एसिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने नेपाली खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।

यस्तै, चार विकेट लिने खेलाडीलाई पनि जनही एकएक लाख दिने भएको छ। सोमबार बसेको नगरको बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए।

एसिया कप क्रिकेटमा सोमबार नेपाल र भारत भिड्दैछन्। श्रीलंकाको पल्लेकेले रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा तीन बजे सुरु हुनेछ। समूह चरणको दोस्रो र अन्तिम खेलमा उत्रदै गर्दा दुवै टिमको नजर सुपर फोरमा हुनेछ।

नेपालले विश्व क्रिकेटको ठूलो टिम भारतसँग पहिलो पटक भिड्न लागेको हो। दुवै टिम सोमबारको खेलमा जित निकाल्दै सुपर फोरमा पुग्ने लक्ष्यमा हुनेछन्।

नेपाल र भारत रहेको समूहबाट तीन अंक सहित पाकिस्तान सुपर फोरमा प्रवेश गरिसकेको छ। वर्षाले पाकिस्तानसँगको खेल प्रभावित बनेपछि भारतसँग १ अंक छ। पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाल अंक विहीन छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।