Radio Unity 92.2MHz

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्‍यो

काठमाडौंः कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सरेको छ। यही असोज ६ र ७ गतेका लागि तोकिएको परीक्षा विशेष कारण असोज ९ र १० गते हुने तय भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ।

परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुनेछ। असोज ९ गते अनिवार्य अङ्ग्रेजी र एक विषय मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषयको परीक्षा संचालन हुनेछ।

दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुने बोर्डले सूचनामा उल्लेख गरेको छ। तर अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्ने छ।

दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूले असोज १० गते आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिन पाइने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।

 

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।