Radio Unity 92.2MHz

डडेल्धुराका क्यान्सरपीडित विष्टको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

डडेल्धुराः आर्थिक अभावका कारण डडेल्धुराका यादव विष्टको उपचारमा समस्या भएको छ। आर्थिक अभावले परशुराम नगरपालिका–१० सापासेला गाँउका भानबहादुर विष्टका छोरा यादवको उपचारमा समस्या भएको हो। ब्लड क्यान्सरबाट पीडित ८ वर्षीय यादव हाल भारतको नयाँ दिल्लीस्थित महावीर मेडिकल कालेज एवं साफ्दरगंज अस्पतालमा उपचाररत छन्।

बुवा भानबहादुरकाअनुसार छोरा यादव बिरामी भएपछि उनलाई धनगढीका विभिन्न अस्पतालहरूमा चेकजाँच गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि चितवनको बीपी कोइराला क्यान्सर अस्पतालमा लगिएको थियो।

त्यहाँ रिपोर्ट आउन २८ दिन जति लाग्ने भनेपछि आफू छोरालाई लिएर घर आएको उनले बताए। रिपोर्ट आएपछि छोरालाई ब्लड क्यान्सर दिखिएको र त्यसपछि यहाँ दिल्लीमा उनलाई ३/४ वर्षसम्म अस्पतालमै राखेर बिरामी निको हुन्छ भन्ने सुनेर छोरोको ज्यान बचाउनको लागि दिल्ली ल्याएको भानबहादुरले बताए।

कम्तीमा लगभग ३ वर्षसम्म छोरालाई दिल्लीको अस्पतालमा राख्नुपर्ने र आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको उनको भनाइ छ। उनले आफ्नो छोराको ज्यान बचाइदिन सबैलाई आग्रह गरेका छन्। आफूसँग र आफन्तले गरेको सहयोगबाट जुटाएको खर्च धनगढी र चितवनका अस्पतालमै छोराको चेकजाँचमा सकिएको उनले सुनाए ।

अस्पतालले यादवको उपचारमा ३ वर्षको दौरानमा कम्तीमा २० देखि २२ लाखसम्म लाग्ने बताएको भानबहादुरले जानकारी दिए। ‘आफूसँग भएको सबै पैसा नेपालमै छोरा चेकजाँचमा सकियो। अहिले यता डाक्टर पैसा धेरै लाग्छ भन्नु भएको छ,’ उनले भने, ‘आफूसँग भएको पैसा सकियो। ४ छोरीपछिको एक मात्रै छोरा ज्यान जोगाइदिन सबैलाई आग्रह गर्छु।’

यसरी गर्न सकिने छ सहयोग :

भान बहादुर बिष्ट (बुवा) ००९१-९६३२२३८१६२
फोन पेयी लागि : ९६३२२३८१६२
बैंकको नाम : Bank Of India
खातावालाको नाम : Krishna Bahadur Bohara
खाता नं. : ८४७९१०११०००२०७२, 847910110002072

नेपालमा सम्पर्क : ९८६५५७८२४८
राजकुमार भाट
अध्यक्ष, परशुराम नगरपालिका-१०

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।