Radio Unity 92.2MHz

डडेल्धुराका सिडिओ न्यौपानेको सात महिनामै सरुवा

डडेल्धुरा: जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेको काज सरुवा भएको छ। शुक्रबार गृह मन्त्रालयले १० जना सहसचिव र उपसचिवको सरुवा गरेको हो।

सोही क्रममा डडेल्धुराका सिडिओ न्यौपानेलाई सहायक प्रमुख जिल्लाका रूपमा पाँचथर र गृह मन्त्रालयमा काज खटाएको छ। न्यौपाने गत माघ १६ गते जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा हाजिर भएका थिए।

सात महिनामै काज सुरुवा भएका न्यौपानेको ठाउँमा जिल्ला प्रशासन कार्यालय धनकुटा सहायक प्रमुख जिल्ला अञ्जन न्यौपाने सिडिओको रूपमा यहाँ आउने भएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...