डडेल्धुरा: डडेल्धुराको रडुवामा पहिरो जाँदा अवरुद्ध बनेको केआइसिंह राजमार्ग सञ्चालनमा आएको छ। शनिबार मध्याह्न १२ बजेतिर सडक माथिबाट सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो।
सुख्खा पहिरो गएको ठाउँमा जेसिभी लगाएर राजमार्ग खुलाइएको छ। राजमार्गमा पहिरो खस्दा यातायातका साधन पूर्णरूपमा ठप्प भएको थियो। राजमार्ग सञ्चालनमा आएसँगै सवारीसाधनहरू अहिले आफ्नो गन्तव्यतर्फ लागेका छन्।