Radio Unity 92.2MHz

रडुवामा पहिरोसंगै आएको ढुंगा लागेर एक किशोरको मृत्यु

डडेल्धुराः डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ रडुवामा पहिरो संगै आएको ढुंगा लागेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका ४ बस्ने १७ वर्षीय राकेश ऎरको मृत्यु भएको हो।उनी महेन्द्र माध्यमिक बिद्यालय खलङ्गामा कक्षा १० मा अध्यान्तरत थिए ।

हिजो शनिबार डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडी सिटमा सवार उनको टाउकोमा माथिबाट खसेको ढुंगा लागेको थियो। घाइते उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

म१ प ८८३० नम्बरकोे मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले बताएको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।