डडेल्धुरा: शनिबार रातिदेखिको अविरल वर्षाले डडेल्धुराको आलिताल गाउँपालिका–१ मेलखर्क नजिकै पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।
आइतबार बेलुका सडक माथिबाट पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको हो। पहिरोले राजमार्ग अवरुद्ध भएको र प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसम नायकले जानकारी दिए।
सुदूर पहाड र तराई जोड्ने राजमार्ग अवरुद्ध हुँदा भएर दर्जनौँ सवारीसाधन रोकिँदा यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्। सडकमाथिबाट ठूला–ठूला ढुङ्गा खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको पहिरोस्थलबाट विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय एवं समाजसेवी दानबहादुर पालले जानकारी दिए।
‘सडकमा ठूल्ठूला ढुङ्गा खसेका छन्। डडेल्धुरा र धनगढीबाट आएका सबै सवारीसाधान बीच बाटोमै रोकिएका छन्,’ उनले भने, ‘जेसिबी लगाएर ढुङ्गा हटाए मात्रै बाटो खुल्ने सम्भावना छ। अलिअलि पानी पनि परिरहेको छ।’