Radio Unity 92.2MHz

डडेल्धुरामा जिल्ला निर्वाचन कार्यालयको भवन शिलान्यास

डडेल्धुरा: जिल्ला निर्वाचन कार्यालय डडेल्धुराको भवन शिलान्यास गरिएको छ । सोमबार तुफानडाँडास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नजिकै निर्वाचन कार्यालयको भवन शिलान्यास गरिएको हो।

निर्वाचन आयोगका आयुक्त डा. जानकी तुलाधर, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने लगायतको उपस्थितिमा भवनको शिलान्यास गरिएको कार्यालय प्रमुख करुणाकर अवस्थीले जानकारी दिए।

सोमबार बिहान हिन्दु परम्पराअनुसार पण्डितबाट विधिवत रुपमा पूजाआजा गरि निर्वाचन आयोगका आयुक्त तुलाधरले भवनको शिलान्यास गरेकी हुन् । १८ महिनामा भवन निर्माण गरिसक्ने गरि गत असार १८ गते पासा मष्टा जेवीसंग २ करोड ७४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको कार्यालय प्रमुख अवस्थीले जानकारी दिए ।

भवन तीन तलाको हुने छ । पहिलो तलामा बैठक कक्ष, स्टोर कक्ष, कम्प्युटर कक्ष, शौचालय निर्माण हुने छ ।

यस्तै दोस्रो तलामा कार्यालय प्रायोजनका लागि पाँच कोठा र तेस्रो तलामा आवास सहितका कोठा निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भएको कार्यालय प्रमुख अवस्थीले बताए ।

सम्बन्धित पाेष्टहरु
Loading...