Radio Unity 92.2MHz

भोलि बिहीवार देशभर सार्वजनिक बिदा

काठमाडौ: सरकारले भोलि बिहीवार देशभर सार्वजनिक बिदा दिने भएको छ। संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले  बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय नेम्वाङको अन्तिम संस्कारको दिन भदौ २८ गते नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा सार्वजनिक बिदा हुने र ती निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ। ​नेम्वाङको ७१ वर्षको उमेरमा हिजो  बिहान असामयिक निधन भएको थियो।

नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि स्वर्गीय नेम्वाङले निर्वाह गरेको भूमिका तथा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पुर्याएको योगदानको उच्च कदर गर्दै मन्त्रिपरिषद् बैठकले उनको निधनमा अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

उक्त दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दुतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि भएको मन्त्रालयले हिजो विज्ञप्ति जारी गरी जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...