Radio Unity 92.2MHz

अटो दुर्घटनामा ज्यान गुमाउनेको सनाखत, यी हुन् मृतक

डडेल्धुरा : डडेल्धुरामा अटो दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ।

भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको आलिताल गाउँपालिका-१ मेलखर्क नजिक अटो  दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केश महराको मृत्यु भएको हो ।

डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा सवार बिरबहादुर कुँवर घाइते छन् ।

उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ।कैलालीको  अत्तरियाबाट डोटी जाने क्रममा अटो रिक्सा दुर्घटनामा परेको  हो। उनका अनुसार दुर्घटनाको कारण खुलेको छैन।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।