Radio Unity 92.2MHz

डडेल्धुरामा चरेससहित एकजना पक्राउ

डडेल्धुराः डडेल्धुरामा ३ किलो ८ सय ग्राम चरेससहित एकजना पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–८ मिटमार्ट मासु पसल नजिकबाट बझाङको बुंगल नगरपालिका–११ का ३५ वर्षीय धनबहादुर बोहरालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा बोहराको साथबाट उक्त परिमाणमा चरेश भेटिएको बताइएको छ। बोहराको साथबाट चरेससहित एक थान मोबाइल, २३ जार ५ सय ३० नेपाली रुपैयाँ र २ हजार ६ सय १० भारुसमेत फेला परेको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।