Radio Unity 92.2MHz

डडेल्धुराको बगरकोटमा पनि मनाइयो बाल दिवस

  • केशव भण्डारी

डडेल्धुरा: डडेल्धुरामा पनि राष्ट्रिय बाल दिवस पनि मनाइएको छ। विभिन्न कार्यक्रम गरी डडेल्धुरामा पनि ५९औँ राष्ट्रिय बाल दिवस मनाइको हो।

भागेश्वोर गाउँपालिका–४ बगरकोटले हाजिरी जवाफ प्रतियोगिता गरी बाल दिवस मनाएको छ। सरस्वती मावि बगरकोटमा हाजिरी जवाफ प्रतियोगिता गरी बाल दिवस मनाइएको वडाध्यक्ष बसन्तराज चतौटले जानकरी दिए।

कार्यक्रममा वडाभित्रका विद्यालय, शिक्षक विद्यार्थीलगायत अभिभावकहरूको सहभागिता रहेको थियो। गाउँपलिकाले बालबालिकाको हकहितमा निन्तर कार्य गरिरहेको र यसमा सबै एकजुट भएर लाग्नुपर्ने गाउँपालिकाका अध्यक्ष हेमराज चटौटले बताए।

हाजिर जवाफमा कालिका आवि नौगाउ प्रथम, कैलपालआवि गोलाई द्वतीय, नमुना प्रावि बगरकोट तृतीय र सरस्वती मावि बगरकोट सान्त्वना भएको कैलपाल आविका शिक्षक कैलास साउँदले बताए।

उनका अनुसार प्रतियोगितामा प्रथम, द्वतीय, तृतीय र सान्त्वना हुने विद्यालयका सहभागी विद्यार्थीहरूलाई पुरस्कार स्वरूप शैक्षिक सामग्री दिइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...