डडेल्धुरा: राष्ट्रिय जनमोर्चा डडेल्धुराको शनिबार सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको छ।
‘राष्ट्रियता, गणतन्त्र र धर्म निर्पेक्षताको रक्षा गरौँ, वैदेशिक हस्तक्षेपको विरोध तथा संघीयता खारेज गरौँ’ भन्ने नाराका साथ सुरू भएको दोस्रो भेलाले चन्द्रदेव विकको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमति चयन गरेको हो।
समितिको उपाध्यक्षमा रामचन्द्र धिक्त, सचिवमा टंक अवस्थी, कोषाध्यक्षमा रगुवीर कामी सह–सचिवमा हरिष विकलाई चयन गरिएको छ।
सदस्यमा जोगराज ऐर, कमला अवस्थी, पवन विष्ट, कर्म जोशी, गणेश ऐर, हरिदत्त भट्टलाई चयन गरिएको राष्ट्रिय जनमोर्चाका सचिव टंक अवस्थीले जानकारी दिए। यस्तै तीन सदस्यीय सल्लाहाकार समिति पनि गठन गरिएको छ। समितिको संयोजकमा उद्ववसिंह ऐर, सदस्यमा मानबहादुर ऐर र बेलु विक रहेका छन्।