डडेल्धुरा : नेपाल एसबीआई बैंकले गन्यापधुरा गाउँपालिका-१ सेटी गाउँमा आफ्नो शाखा रहित काउन्टर बिस्तार गरेको छ।
आइतबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले शाखा रहित काउन्टरका सन्चालक भिमबहादुर दियाललाई काउन्टरको विलवी मेसिन हस्तन्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै बैंकका गन्यापधुरा शाखाका प्रबन्धक अरुणकुमार पौडेलले बैंकको शाखा रहित काउन्टर बिस्तार सँगै बैंक अझै जनाताको नजिक पुगेको र आगामी दिनमा जनताको आर्थिक गतिविधिमा महत्त्वपूर्ण टेवा पुग्ने बताए।
यसैबीच, एसबीआई बैंकले गन्यापधुरा -१ कै सेटी गाउँको दौपाल प्रावि मा बैंकिङ साक्षरता तथा सामाजिक उत्तर दायित्व कार्यक्रम पनि राखेको थियो।
बैंकले कक्षा १ देखी ३ सम्मका विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कार्कीले बैंकको प्रशंसा गर्दै यस्ता सामजिक कार्यले समाजमा महत्त्वपूर्ण टेवा पुग्नुका साथै राम्रो सन्देश जाने प्रतिक्रिया दिए।