डडेल्धुरा:डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का वडाअध्यक्ष नरेन्द्रबहादुर थापामगरले आफुले पाउने सेवा, सुविधा विद्यालयलाई सहयोग गरेका छन । उनले आफ्नो वडामा रहेका ४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सीपको विकासका लागि आफूले पाउने ४० हजार सहयोग गरेका हुन् ।
उनले शिक्षा दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्न प्रति विद्यालय १० हजारका दरले ४० हजार दिएको वडा कार्यालयले जानकारी दिएको छ ।
साथै खेल शिक्षकहरुलाई खेलाडी पोशाक खरिद गर्न वडाअध्यक्ष थापामगरले ९ हजार सहयोग गरेका छन् । वडाध्यक्ष थापामगर नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।