Radio Unity 92.2MHz

ज्ञानोदय माविले जित्यो अमरगढी नगरस्तरीय शिक्षक भलिबलको उपाधि

डडेल्धुराः ज्ञानोदय विद्या निकेतन मावि तुफानडाँडाले अमरगढी नगरस्तरीय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि जितेको छ। राष्ट्रिय शिक्षा दिवसको अवसरमा अमरगढी नगरपालिका–७ पोखराको उग्रतारा माविमा सञ्चालित प्रतियोगिताको उपाधि ज्ञानोदयले हात परेको हो।

सोमबार भएको फाइनलमा आयोजक उग्रतारा माविलाई ३–२ को सेटमा हराउँदै ज्ञानोदयले उपाधि हात पार्न सफल भएको हो। उपाधिसँगै ज्ञानोदय माविले नगद १५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमणपत्र पाएको छ। पुरस्कार वितरण भने मंगलबार गरिने आयोजक उग्रतारा माविका निमित्त प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिए।

उग्रतारा माविले द्वतियमै चित्त बुझाएको छ। प्रतियोगितामा नुवाकोट माविलाई पराजित गर्दै महेन्द्र मावि तृतीय भएको छ। द्वतियलाई १० हजार र तृतीय हुने टिमलाई पाँच हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने निमित्त प्रअ जोशीले बताए। प्रतियोगितामा अमरगढी नगरभित्रका ११ वटा विद्यालयका शिक्षक–कर्मचारीहरू सम्मेलित टिमको सहभागिता थियो।

सम्बन्धित पाेष्टहरु
Loading...