Radio Unity 92.2MHz

गणेश चौथी र ऋषिपञ्चमी एकै दिन मनाईदै

डडेल्धुराः गणेश चतुर्थी चौथी र ऋषिपञ्चमी म‌ंगलबार एकैदिन मनाइँदैछ। तिथिको घटबढका कारण गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व पनि मंलबार नै परेको पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।

‘सूर्योदय कालमा चतुर्थी तिथि र मध्याह्नकालमा पञ्चमी तिथि परेकाले यो वर्ष दुवै पर्व एकै दिन मनाउनुपर्ने भएको हो’, उनले भने। समितिद्वारा स्वीकृतिप्राप्त पञ्चांगमा १२ घडी २५ पला अर्थात् बिहान १० बजेर ४९ सम्म चतुर्थी तिथि रहने र त्यसपछि मात्र पञ्चमी तिथि लाग्ने पञ्चांगमा उल्लेख छ।भाद्र शुक्ल चतुर्थीलाई भगवान् गणेशको जन्मदिन मानिएको छ।

यो अवसरमा भगवान् गणेशको पूजा–आराधना, रथयात्रा आदि गर्ने परम्परा छ। यो पर्वलाई नेवार समुदायमा ‘चथा’का नामले मनाइन्छ। ​मंगलबार चतुर्थी तिथि परेको दिनलाई मंगल चौथी पनि भनिन्छ। यो दिन पनि भगवान् गणेशको आराधनाका लागि उपयुक्त दिन मानिन्छ। भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमी।

सनातन धर्मावलम्बी महिलाको विशेष पर्व सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग ९दतिवन प्रयोग गरी स्नान गर्ने परम्परा छ।

 

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।