Radio Unity 92.2MHz

मैत्रीपूर्ण भलिबलको उपाधि सरकारी कर्मचारीलाई

डडेल्धुराः सरकारी कर्मचारीको टिमले मैत्रीपूर्ण भलिबलको उपाधि जितेको छ।

८ औं सविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिको आयोजनामा आयोजित प्रतियोगिताको उपाधि सरकारी कर्मचारीको टिमले जितेको हो।

मंगलबार भएको फाइनलमा सरकारी कर्मचारीको टिमले नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखालाई २–० को सोझो सेटमा हराउँदै उपाधि हात पार्न सफल भएको हो।

चार वटा टिम सहभागी रहेको प्रतियोगितामा सरकारी कर्मचारीको टिमले राजनीतिक दललाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको थियो।

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले अमरगढी नगरपालिकालाई २–० को सोझो सेटमा नै पराजित गर्दै फाइनल पुगेको थियो।

खेल डडेल्धुरा बहुमुखी क्याम्पसको मैदानमा भएको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...