Radio Unity 92.2MHz

विद्युतमा जागिरे डडेल्धुराका भट्टलाई क्यान्सर, सहयोगको अपिल

डडेल्धुरा: डडेल्धुराका पुष्पराज भट्टलाई नेपाल विद्युत प्राधिकरणमा जागिर गर्न लागेको ३६ वर्षभन्दा बढी भइसक्यो। जिल्लाको अमरगढी नगरपालिका–४ सुनेडा घर भएका उनको परिवार कैलालीको गेटा बस्दै आएको छ।

विद्युत प्राधिकरण कैलालीमा कार्यरत उनी डडेल्धुरा सदरमुकाममा छोरासँगै डेरामा बस्दै आएका छन्। कारण, उनको स्वास्थ अवस्था। २ छोरा जन्माएपछि श्रीमती बितेका कारण उनीहरुको पालनपोषण पनि पुष्पकै काँधमा थियो। आर्थिक अवस्था सामान्य भएका उनले आफ्नो कमाई छोराहरुकै पठनपाठनमा खर्चिए।

जसका कारण उनले आफ्नो जागिरपछि दैनिक जीवनयापन गर्न चाहिँने सम्पत्ति जोड्न पाएनन्। तर, कैलालीको गेटामा भने उनले बैंकिङ लोन लिएर सानो घर जोडेका थिए। त्यहिं लोन र छोराहरुको पढाईमा जम्मै तलब सकिने भएकाले उनको बैंक खातामा केही बच्थेन।

सोही कारण अहिले क्यान्सर पीडित बन्दा उनलाई उपचार गराउन धौधौ परेको छ। करिब ढेड वर्षअघि फिस्टुला रोगबाट पीडित बन्दा उनलाई ठुलो आन्द्राको क्यान्सर भएको थियो। उमेरले ५५ वर्ष पुुगेका पुष्पराज भट्टले सुरुमा धनगढीको निर्सग अस्पतालमा फिस्टुलाको शल्यक्रिया गरेका थिए।

तर, रोग बल्झिएपछि उनलाई दोस्रोपटक काठमाडौंको शिभिल अस्पताल लगिएको थियो। करिब १ वर्षअघि उनको त्यहाँ दोस्रो शल्यक्रिया भयो। फेरि पनि फिस्टुला निको नभएपछि उनलाई क्यान्सर भएको चिकित्सकले बताएका थिए।

हालसम्म बुवाको उपचारमा २० लाखभन्दा बढी खर्च भइसकेको छोरा प्रज्वल भट्टले बताए। ‘पोहर साल साउनमा ठुलो आन्द्राको क्यान्सर भएका पत्ता लागेपछि हालसम्म किमो गराइरहेका छौं। १२ पटक किमो गराउने चिकित्सकले बताएका छन्’ उनले भने। छोराका अनुसार एकपटक किमो गराउँदा ५० हजार र २० हजारको औषधी किन्नुपर्ने हुन्छ। त्यसका लागि बुवाको तलब र आफ्नो तलब प्रयाप्त नभएको उनले सुनाए।

प्रज्वल भन्छन्, ‘अहिले भएको सबै पैसा सकिएको छ। बुवाको उपचार गरेर ज्यान जोगाउन हामीलाई धेरै समस्या भइरहेको छ। अब आर्थिक सहयोगको आपिल गरेर नै बुवाको उपचार सम्भव छ।’

यसरी गर्न सकिने छ सहयोग:
बैंक र खातावालाको नाम: एनआईसी एसिया बैंक, पुष्पराज भट्ट
खाता नं. : ७१५४४८१७७२५२४००१
सम्पर्क : ९८६८४४५५४०
छोरा प्रज्वल भट्ट: ९८४८४२२१९९

सम्बन्धित पाेष्टहरु
Loading...